२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा प्रदेश विपद व्यवस्थापन समितिको बैठक आज विभिन्न निर्णयगर्दै सम्पन्न भएको छ ।
बैठकले नेपाल सरकारले बढाएको लकडाउनलाई पूर्णरुपमा पालना गर्नकालागि विशिष्ठ सवारी बाहेक अन्य सवारीलाई सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । त्यस्तै बढी जनशक्ति प्रयोग हुने वाहेकका सिमित जनशक्तिबाट नियन्त्रित रुपमा मेसिन औजारको प्रयोग गरी सञ्चालन हुने विकास निर्माणका कार्यहरुलाई सञ्चालन हुन दिने निर्णय गरेको छ ।
बैठकले लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गर्ने व्यक्ति तथा परिवार र अन्य जिल्लाबाट अध्ययनको लागि आएका विद्यार्थीहरु परिहचान गरी राहत वितरणलाई व्यवस्थित गर्ने तथा यो अवधीमा कुनै पनि मार्गबाट प्रदेश भित्र प्रवेश नगर्न सवै आम जनसमुदायलाई आग्रह गर्ने। छिमेकी प्रदेशलाई समेत आफ्नो प्रदेशको मार्ग प्रयोग गरी यस प्रदेशमा स्वीकृति प्राप्त व्यक्तिबाहेक अरूलाई प्रवेशमा रोक लगाउन अनुरोध गर्ने, साथै माथिको आग्रहलाई बेवास्ता गरी प्रदेशभित्र प्रवेश गर्ने जो कोही व्यक्तिले अनिवार्य रूपमा तोकिएको अबधिसम्म क्वारेन्टाइनमा बस्नुपर्ने सूचना गर्ने र सो अनुसारको व्यवस्था मिलाउने निर्णय गरेको छ ।



Milan Shrestha । २ बैशाख २०७७, मंगलवार १८:३३ बजे