
१८ बैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ६ नं. वडामा नेपाली काँग्रेसबाट उम्मेद्वार भएकाहरु यसपटक यूवापुस्ताको हावी भएको छ ।
वडा अध्यक्ष पदका उम्मेद्वार नै यूवापुस्ताका चर्चित निर्माण व्यावसायी जनक रावल हुनुहुन्छ । रावलले नेपाल निर्माण व्यावसायी संघ सुर्खेतलाई कुशलता पूर्वक २ कार्यकाल हाँकी सक्नुभएको छ । रावल हालै सम्पन्न नेपाली काँग्रेसको वडा अधिवेशनबाट ६ नं वडाका वडा सभापतीमा समेत निर्वाचित हुनुभएको छ । विद्यार्थी जीवनमा नेपाल विद्यार्थी संघबाट राजनितिक यात्रा शुरु गर्नुभएका रावल यसपटकको स्थानीय निर्वाचनमा वडाअध्यक्ष पदमा उम्मेद्वार भएर खडा हुनुभएको छ ।
उहाँ संगसंगै नेपाली काँग्रेसको तर्फबाट ६ नं वडाको सदस्यहरुमा कृष्ण श्रेष्ठ, दुर्गाप्रसाद सापकोट, मिरा पन्त र कमला नेपाली उम्मेद्वार हुनुभएको छ भने नगरप्रमुखमा पनि यूवापुस्ताका नेता उपेन्द्रबहादुर खड्का हुनुहुन्छ ।



Prawash Kumar Shakya । १८ बैशाख २०७९, आईतवार १७:०७ बजे