१ दिने सहकारी शिक्षा तालिम सम्पन्न


सुर्खेत,१६ बैशाख ।
सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाको सेवा केन्द्र मेहेलकुनामा आवद्धता भएका नयां शेयर सदस्यहरुलाई १ दिने सहकारी शिक्षा तालिमको आयोजना गरिएको छ ।

सहकारीको मूल्य, मान्यता र सिद्धान्तका बारेमा सहकारीका शेयर सदस्यहरुलाई जानकारी दिनुका साथै विभिन्न उद्धेश्य परिपूर्ति गर्नका लागी सहकारी संस्थाबाट परिचालन भएको कर्जालाई सहकारीका सदस्यहरुले सहि परिचालन नगरि अन्यत्र लगानी गर्ने प्रबृद्धि रहेकाले उक्त परिपातीलाई रोक्नका लागी सहकारी शिक्षा तालिमको आयोजना गरिएको कार्यक्रमका सभापति एवंम् सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष सुरेशबहादुर गौतमले जानकारी दिए ।

सहकारी संस्थाको शिक्षा उपसमितीका सदस्य बालकृष्ण श्रेष्ठले स्वागत गरेको कार्यक्रममा संचालक समितीका सदस्य एवंम् शिक्षा उपमितिका संयोजक मिलन श्रेष्ठ, संचालक सदस्य मानबहादुर खड्का, सेवा केन्द्र मेहेलकुनाका संचालन उपसमितीका सदस्य नरबहादुर सुनार, प्रबन्धक प्रवेशमान मानन्धर लगाएतको उपस्थित रहेको सहकारी शिक्षा तालिमको सहजीकरण प्रशिक्षक सुरेन्द्रबहादुर शाही गरेका थिए ।


१ दिने सहकारी शिक्षा तालिमको आयोजना सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर सुर्खेतले गरेको थियो ।