राप्रपाको अध्यक्षमा कमल थापा सर्वसम्मत (विज्ञप्तिसहित)


Kamal-thapa1काठमाडौं, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा सर्वसम्मत चयन भएका छन् । थापालाई एकता अधिवेशन हुनुभन्दा दुई दिनअगावै सर्वसम्मत अध्यक्ष बनाउन पार्टीका शीर्ष नेताहरु सहमत भएका हुन् । राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको राप्रपाले फागुन ६ देखि ९ सम्म एकता महाधिवेशन गर्दैछ । महाधिवेशनको पूर्वसध्यामा थापासँगै पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षका दाबेदार थिए ।

तर, तत्कालीन राप्रपा नेपालका अध्यक्ष रहेका थापा हावी भएपछि राणा र लोहनी क्रमशः पछि हटे । थापा अब सर्वसम्मत अध्यक्ष बन्नेछन् । थापालाई अध्यक्ष बनाउने सम्झौता पत्रमा शीर्ष नेताहरु पशुपति राणा, लोकेन्द्र चन्द र प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन् । थापालाई एकता महाधिवेशनमा अध्यक्ष घोषित गरिनेछ ।

साभारः दैनिकिनेपाल अनलाइन