सुर्खेतमा धुमधामका साथ मनाइयो २६४२औं बुद्ध जयन्ती (फोटो फिचर)


१७ बैशाख, सुर्खेत । २६४२औं बुद्ध जयन्ती आज सुर्खेतमा पनि धुमधामका साथ मनाइएको छ । सुर्खेतमा यसपटक भने ऐतिहासिक रुपमा ३ दिन  (बैशाख १५ देखि १७ गते) बुद्ध पुर्णिमाका दिन सम्म मनाइएको हो ।

२५६२औं बुद्ध जयन्ती नभएर सुर्खेतमा यसपटक २६४२ औं बुद्ध जयन्ती मनाउनुका बारे धर्मोदय सभा सुर्खेतका संस्थापक अध्यक्ष जीवनकुमार शाक्यका अनुसार बुद्धको जन्म २५६२ होइन त्यो भनेको महा-परिनिर्वाण भएको बर्ष हो भने २६०७ बुद्ध ज्ञान लाभ दिवस र २६४२ जन्म जयन्ती भएको हुनाले २६४२औं बुद्ध जयन्ती मनाइएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि धुडुप लामाले दिप प्रज्वलन गरेर शुरु गर्नुभएको बुद्ध जयन्ती कार्यक्रम सुर्खेत वीरेन्द्रनगरको बुद्धपथमा निर्माण हुने बुद्ध सरोवर तथा लाटीकोइली स्थित गुम्वामा विश्व शान्ति पूजा पछि मंगलगढीबाट शान्ति पदयात्रा गरेर काँक्रेविहार जयन्ती कार्यक्रम समापन गर्दै प्रमुख अतिथि रिम्पोछे धुडुप लामा र  नेपाल अहि‌ंसावादी विश्व शान्ति धर्म चक्र संघका महासचिव धर्मगुरु प्रेम दोर्जेले धर्मदेशना दिनुभएको थियो ।

३ दिन सम्म संचालित बुद्ध जयन्ती नेपाल आदिवासी जनजाती महासंघ सुर्खेत र नेपाल अहि‌ंसावादी विश्व शान्ति धर्म चक्र संघ नवलपरासीको समन्वयमा धर्मोदय सभा सुर्खेतका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।