वीरेन्द्रनगर ९ लाटीकोइलीबाट ४ जनालाई क्वारेन्टाइन पठाइयो


७ बैशाख, सुर्खेत । विश्व कोरोना भाइरस (कोभिडऔ-१९) को महामारीले ग्रसित भएको समयमा वीरेन्द्रनगर ९ सुर्खेतबाट ४ जनालाई क्वारेन्टाइनमा पठाइएको छ ।

वीरेन्द्रनगर ९ लाटीकोइलि, काँक्रेविहार मंगलगढी टोलबाट ४ जनालाई क्वारेन्टाइन पठाएको ९ नं. वडाका वडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो । हामीले भारतबाट आउनुभएका २ जना र कैलालीबाट श्रीमान भेट्न आउनुभएका एक महिलाका श्रीमानश्रीमती दुबैजनालाई क्वारेन्टाइन पठाएका छौ । यदी तपाइको नजिकमा वा घरमा कोही बाहिरबाट आउनुभएको छ भने ति सबैलाई क्वारेन्टाइनमा राख्न अनुरोध गर्दछु ।

विपदको यो घडीमा छौ यस्तो अवस्थामा सबैजना सजग र सचेत हुन नितान्त आवश्यक छ । अध्यक्ष मानन्धरले भन्नुभयो ।