बौद्ध ग्रामिणद्वारा राहत रकम हस्तान्तरण


१९ बैशाख, सुर्खेत । बौद्ध ग्रामिण बहुउदेश्यीय सहकारी संस्था लि सुर्खेतले जिल्लाको पुर्वी गुर्भाकोटमा आज राहत रकम हस्तान्तरण गरेको छ ।

संस्थाले आफ्नो सदस्य सुर्खेत गुर्भाकोट नगरपालिका १३ का स्व. नरमता दर्लामीका छोरा धिरेन्द्रन चपाई र वडा नं ४ का स्व.सर्पकुमारी खत्रीका श्रीमान् खिमबहादुर खत्रीलाई राहत रकम हस्तान्तरण गरिएको संस्थाका तालिम सहायक सविता कोइरालाले बताउनुभयो ।

संस्थाले सदस्यको सामुहिक हितलाई ध्यानमा राखी संचालन गरेको सदस्य सुरक्षा कोष अन्तरगत आवद्ध सदस्यको मृत्यु पश्चात सदस्यको घरपरिवारलाई सहयोग स्वरुप राहत रकम हस्तान्तरण गर्ने गरेको र यसमा आबद्ध हुनकालागि बौद्ध ग्रामिणको सदस्यता प्राप्त जो कोहीले पनि वार्षिक रु २०० जम्मा गरेको १ बर्ष भित्रमा सदस्यको कालगती वा दुर्घटनाले मृत्यु भएको खण्डमा सदस्यको घरपरिवारलाई यो सुविधा दिने गरेको संस्थाका अध्यक्ष पञ्चसिं रोकायाले बताउनुभयो ।

मृतक परिवारलाई राहत रकम हस्तान्तरण गर्दै गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुनले घरभित्रका काममा सिमीत महिला दिदि बहिनीलाई आर्थिक कारोबारमा सहभागी गराउन सफल भएकोमा बौद्ध ग्रामीण सहकारी र स्थानीय सरकार अब साझेदार भई अगाडी बढने बताउनु भयो ।