रेखा थापाले “लाल मस्तिष्क” बनाउने


१५ फागुन । रेखा फिल्मसको ब्यानरमा नेपाली कथानक चलचित्र “लाल मस्तिष्क” निर्माण हुने भएको छ ।

रेखा फिल्मसको पाँचौ प्रस्तुतिका रुपमा ‘लाल मस्तिष्क’ चलचित्रको घोषणा गरिएको हो । सम्झना उप्रेतीले निर्देशन गर्ने चलचित्रलाई नर कार्की, सरस्वती थापा र तारा थापाले निर्माण गर्ने बताइएको छ ।

चलचित्रका अधिका‌ंस दृश्य कर्णाली प्रदेश र अन्य केही स्थानमा छाँयाङ्कन हुने चलचित्रमा शिबम अधिकारीले लेखन, सुरेश अधिकारीको संगीत, राजकुमार उप्रेती द्वन्द तथा बसन्त श्रेष्ठको नृत्य निर्देशन र छाँयाङ्कनमा रामशरण उप्रेतीको रहनेछ ।

चलचित्रको कथा वस्तुको परिकल्पनाकार नायिका रेखा थापा र नर कार्की रहेका छन् ।

चलचित्र ‘लाल मस्तिष्क’ को छायांकन २०७५ जेठ महिनाबाट गरिने र लक्ष्मी पूजाको दिन रिलिज गरिने नायिका थापाले जानकारी दिएकी छिन् ।