डा.केसीको जीवन रक्षाका लागि स्वास्थ्यकर्मीहरु द्धारा आन्दोलन फिर्ता


असार २१, जुम्ला । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आन्दोलनमा उत्रेका कर्णालीका स्वास्थ्य कर्मीले आन्दोलन फिर्ता लिएका छन् । अनसनको पाँचौ दिन डा. केसीलाई उपचारका लागि अस्पताल पुयाईए पछि उनीहरुकोले आन्दोलन फिर्ता लिएको हुन् ।

कर्णाली चिकित्सक संघ कर्णाली शाखा जुम्लाले आज एक प्रेस विज्ञप्ती निकाल्दै आन्दोलनका कार्याक्रम स्थगन गरेको जनाएको छ । आजै कर्णालीका डाक्टरहरु नियमित काममा फर्किएका छन् । उनीहरुले आजै दर्जन बढी सल्याक्रिया समेत गरेका छन् । डाक्टर प्रविण गिरीले आज बाट उपचारमा फर्किएको जानकारी दिए । उनले भने, ‘आजै ६ वटा महत्वपुर्ण शल्याक्रिया सम्पन्न भयो, हामी अझै डाक्टर केसीको माग प्रति ऐक्वद्धता चाहन्छौ’ ।

छोरीको हातको अप्रेशनको लागि अस्तपाल पुगेकी तातोपानी गाँउपालिका दुईकी राजकली बुढाले आफ्नो छोरीको हातको सफल अपे्रशन भएको बताईन् । डाक्टर गिरीका अनुसार आज मात्रै झन्डै ३० वटा सामान्य तथा जटिल केस सफल भएका छन् । डाक्टर केसीले अस्पताल मै अनसन जारी राखेका छन् ।

साभारः बुलबुलेखबर ।