२१ बैशाख, सुर्खेत । सरकारले यातायातमा सिण्डिकेट अन्त्य गर्ने को घोषणा पछि यातायात व्यवसायीहरुले आजदेखि देश भर यातायात बन्दको घोषणा गरेपनि सुर्खेतमा रहेको दुई यातायात कम्पनी देउती नागरिक यातायात प्रा.लि. र सुर्खेत बुलबुले यातायात प्रा.लि.ले आफ्नो यातायात सेवा सुचारु राखेका छन् ।
देउती नागरिक यातायातका अध्यक्ष कमल खड्काले अहिले सरकारले चालेको कदम सम्पूर्ण यातायात व्यवसायीहरुकालागि राम्रो रहेको बताउँदै यसरी देशभर यातायात बन्द गर्नु उचित नभएको जिकिर गर्नुभयो ।
सरकारको अहिलेको कदमलाई सम्पूर्ण यातायात व्यवसायीहरुले ढिलो चाँडो साथ दिनुपर्ने बरु त्यसकालागि सरकारसंग वार्ता गरि केही समय लिइ कम्पनी मार्फत आफ्ना व्यवसाय सुचारु गर्नुपर्ने बताउनुभयो । “बन्दले कसैलाई पनि फाइदा हुदैन, धेरै व्यवसायीहरु ऋण गरेर व्यसाय गर्नुभएको छ, धेरै मजदुर साथीहरुको बन्दले छाक टार्न गाह्रो हुन्छ । त्यसैले नेतृत्वमा रहनुभएका जिम्मेवार पदाधिकारीहरुलाई वार्ता गरि समस्या समाधान तर्फ लाग्न अध्यक्ष खड्काले आग्रह गर्नुभयो ।
सरकारले सुरक्षा दिएकोले पनि आफुहरुले यातायात सुचारु राखेको अध्यक्ष खड्काले बताउनुभयो ।
त्यस्तै सुर्खेत बुलबुले यातायात प्रा.लि. सुर्खेतका सचिव सोनाम लामाले पनि सरकारको कदमको समर्थन गर्दै तर सरकारले यातायात दुर्घटनामा घाईतेहरुको उपचारमा विमा दिने रकममा भने हेरफेर गर्नुपर्ने बताउनुभयो ।
“दुर्घटनामा घाईतेहरुको उपचारमा धेरै रकम खर्च हुने र विमाले दिने ३लाख रकम नपुग्ने हुँदा सररकाले यसतर्फ ध्यान दिन जरुरी भएको सचिव लामाले बताउनुभयो ।”
सचिव लामाले आफ्नो कम्पनीबाट आज दैलेख, जुम्ला,जाजरकोट, कालिकोट नेपालगंज तर्फ गाडीहरु पठाइएको बाउनुभयो ।
यता काँक्रेविहार यातायात व्यवसायी संघ सुर्खेत सचिव रमेश सापकोटा भने सरकारले तानाशाही प्रबृति लाद्न खोजेको आरोप लगाउँदै व्यवसायीहरुलाई उत्तेजित बनाउन खोजेको आरोप लगाउनुभयो ।
“सरकारले एक रुपैया पनि लगानी नगरेर व्यवसायीहरुको लगानीमा दम्भको भरमा यातायातको नविकरण नगर्ने, व्यावसायीहरुले यातायात सुचारु नगरे जवरजस्ति यातायात चलाउछु भन्नु कति न्यायोचित हो ?” सापकोटा प्रश्न गर्नुहुन्छ ।
हामीलेहरुले गाडी खरिद गर्ने वेला, नविकरण गर्ने वेला, रुट प्रमिट लिनेवेला कर तिरेकै हुन्छ तर पनि हामी माथि नै किन अत्याचार? दम्भको भरमा राज्यले लगानी नगरेको क्षेत्रमा हस्तक्षेप गर्ने अधिकार सरकारलाई पनि भएको बताउँदै बरु सम्पूर्ण व्यावसायीहरुलाई एउटै नियम बनाएर अरु कर तिर्नुपर्ने भए सम्पूर्ण यातायात व्यावसायी कर तिर्न तयार रहेको सचिव सापकोटा बताउनुहुन्छ ।



Milan Shrestha । २१ बैशाख २०७५, शुक्रबार ०९:४४ बजे