चैत्र १७, सुर्खेत ।
कर्णाली प्रदेशको तेस्रो मन्त्रीपरिषद बैठक रारामा बस्ने भएको छ । कार्यक्रमका बारेमा जानकारी दिदै सामाजिक विकास मन्त्री दल रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाएर कर्णाली प्रदेशको तेस्रो मन्त्रीरिषदको बैठक रारामा बस्ने तयारी गरेको बताउनु भयो । उहाँले प्रदेशको राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका योजनाका बारेमा छलफल हुने र प्रधानमन्त्रीलाई प्रतिवद्धता व्यक्त गर्न लगाउने एजेण्डा रहेको बताउनु भयो ।
यसैविच सोही दिन प्रदेशको उत्तरी नाका मुगुको नाक्चे लाग्ना, हुम्लाको हिल्सा, डोल्पाको से–फोक्सुण्डो र कालीकोटको पचाल झरनाको पनि प्रधानमन्त्रीको भ्रमण हुने मन्त्री रावलले जानकारी दिनुभयो ।
उहाँले कर्णाली–रारा पर्यटन वर्ष २०७५ को उद्घाटनमा कर्णाली प्रदेशका विभिन्न स्थानीय झाँकी, साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत् हुने भन्दै कर्णालीको रैथाने खानाको परिकारको व्यवस्था गरिने बताउँदै कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमिति बनाएर युद्ध स्तरमा काम गरिएको जानकारी समेत दिनु भयो ।



Milan Shrestha । १७ चैत्र २०७४, शनिबार ०७:३४ बजे