मुगुमा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै ।


अविरल ढकाल,
जुम्ला, वैशाख २१ । नेपाल सरकारले महिलाको नाममा सम्पति राख्ने पाउने व्यवस्था गरेपछि मुगुका महिलाको सम्पतिमा पहुँच बढ्दै गएको छ । सरकारले महिलाको नाममा घर जग्गा पास गर्दा राजश्वमा पचास प्रतिशत छुट गरे पछि मुगुका महिलाले आफ्नै नाममा घर र जग्गा पास गर्न थाले संगै राजश्व संकलनमा पनि वृद्धि भएको हो ।

आर्थिक वर्ष ०७४/०७५ सकिन २ महिना बाँकि रहदा ७५ जना महिलाहरुले आफ्नै नाममा घर जग्गा पास गरेका छन् । गत वर्ष १३४ जना महिलाले आफ्नै नाममा जग्गा पास गरेका थिए ।

यसरी महिलाका नाममा जग्गा दर्ता बढ्नुको कारण सरकारले महिलाको नाम जग्गा पास गर्दा पचास प्रतिशत छुट दिएकोले र अव महिलाको नाममा पनि घर जग्गा हुनुपर्छ भन्ने जनचेतनाले महिलाको नाम जग्गा पास गर्नेको संख्या बढेको जिल्ला मालपोत कार्यलयका कार्यलय प्रमुख जगत बहादुर रोकायले जानकारी दिनु भयो ।

आर्थिक वर्ष ०७४/०७५ को तेस्रो चौमासिक सम्म ४२ लाख ३ हजार ९ सय २० राजश्व संकलन भएको छ । गत आर्थिक बर्षा ३६ लाख ५० हजार लक्ष्यमा भएको मा २८ लाख ६ हाजर ९ सय राज्ाश्व संकलन भएको थियो । अझ पनि गाउँ स्तरमा जनचेतना जोगाउन सकिएमा महिला को नाममा जग्गा दर्ता गर्नेको संख्या बड्न सक्ने जिल्ला मालपोत कार्यालयले जानकारी दिएको ।