मधेश आन्दोलनमा बिहारका सांसद/विधायकको समर्थन माग्न महतो पटना जाँदै


१६ माघ, भारत (जयनगर)-सरकारले गरेको संविधान संशोधनपछि भारत सरकारको रवैयामा परिवर्तन आउन थालेपछि सीमावर्ती बिहारका सांसद र विधायकहरूको समर्थन लिन सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पटना जान लागेका छन्। 
बिहारका कतिपय सांसद र विधायकले खुलेरै मधेश आन्दोलनको पक्षमा अभियान गर्दै आएका छन्। संविधान संशोधनपछि भारत सरकारले नेपालको यस कदमलाई सकारात्मक रूपमा लिएको र काठमाडौंसँगको सम्बन्ध सुधारको प्रयास सरू गरेको छ।

संविधान संशोधनपछि दिल्लीले आफ्नो समर्थन फिर्ता लिएपछि मधेसी  मोर्चाका नेता बिहार र युपीका नेताहरूसँग समर्थन जुटाउन विभिन्न तरीकाले लबिंग गरिरहेका छन्। बिहारका सत्तारूढ दल लालु प्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंशप्रसाद सिंहले पछिल्लो दुई महिना देखि नेपाल-भारतको सीमावर्ती शहरहरूमा सभा र सम्मेलन गर्दै आन्दोलनमा खुलेरै समर्थन गर्दै आई रहेका छन्।

पूर्व केन्द्रीय मन्त्री समेत रहेका  सिंहकै निम्तोमा महतो पटना जान लागेको बताइएको छ। पटनामा उनले बिहारका मुख्यमन्त्री नितीश कुमार, राजदका अध्यक्ष लालुप्रसाद यादव, बिहार भाजपाका नेता सुशील मोदी, नन्द किशोर यादवलगायतलाई भेट्ने कार्यक्रम छ। त्यहांका बुद्धिजीवी र पत्रकारहरू संग पनि भेटघाटको कार्यक्रम राखिएको छ।

पटना जानु भन्दा पहिले महतो अाइत्तवार मुजफ्फरपुरमा सीमावर्ती विधायक र सांसदसँग अनतरक्रिया कार्यक्रममा सहभागी हुने छन्। मीडिया फर बर्डर हारमोनी नामक संस्थाको पहलमा हुने यस कार्यक्रममा मधेश आन्दोलनलाई अगाडि बढाउन बिहारका सांसद र विधायकहरूको के कसो भूमिका हुन सक्छ त्यस बारे छलफल हुने भएको छ। यो कार्यक्रममा रघुवंश प्रसाद सिंहको अध्यक्षतामा हुन गई रहेको छ। यसमा प्रमुख वक्ता भने सदभावनाका अध्यक्ष महतोनै छन्। कार्यक्रममा सहभागी हुन महतो शनिबार  सांझै मुजफ्फरपुर जाने कार्यक्रम छ।
साभारः नागरिक न्यूज