कालिका कन्स्ट्रक्सन कम्पनीको साइट अफिसमा बम विस्फोट


बाँकेको गनापुर रहेको कालिका कन्स्ट्रक्सन कम्पनीको साइट अफिसमा अज्ञात समूहले बम विस्फोट गराएको छ। शुक्रबार राति १२ बजेतिर अज्ञात समूहले बम फिस्फोट गराएको प्रहरीले जनाएको छ।

फिस्पोटबाट कालिका कन्ट्रक्सनको विभिन्न उपकरणहरुमा क्षती पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् डीएसपी यज्ञप्रसाद भट्टराइले जानकारी दिए।

घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बन्द आह्वान गरेको हुँदा उसैले बम विस्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जना व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

नागरिकन्यूज अनलाइनबाट