कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमाः कोईराला


१८ माघ,सुर्खेत । कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा दैलेखका गणेशप्रसाद कोईराला सर्वसम्मत चयन हुनु भएको छ ।

मंगलबार(आज) भएको समाजको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनको प्रमुख आतिथ्यता कर्णाली प्रदेश मुख्यमन्त्री जीवनबहादुर शाहीको रहेको थियो ।
यस्तै, समाजको वरिष्ठ उपाध्यक्षमा जाजरकोटका सुदिप रावत, उपाध्यक्षमा धर्मराज शाही (दैलेख), रितुराज रिजाल (सुर्खेत), सल्यानका आनन्द थापा र मुगुका लक्ष्मण दाहाल सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै, महासचिवमा तिलक हमाल ठकुरी (सुर्खेत), सचीवमा हरि थापा (जुम्ला) र जाजरकोटका नेपाल कार्की, कोषाध्यक्षमा भानु मगर (रुकुम पश्चिम), सह–कोषाध्यक्षमा टरसिङ पुन (सल्यान) चयन हुनुभएको छ ।

यस्तै, सदस्यहरूमा हरिभक्त वलि (सल्यान), प्रेम विसी (सुर्खेत), लक्ष्मण शर्मा (दैलेख), बिरेन्द्र गिरि (सुर्खेत), कलम कार्की (दैलेख), हिक्मत शाही (कालिकोट),
कमल भण्डारी (सल्यान), भक्ती आचार्य (दैलेख), बिष्णु रखाल (सल्यान), हिक्मत चौलागाईं (कालिकोट), लालप्रसाद बुढा (जुम्ला), दिपक बुढाथोकी (सल्यान),
नवराज डागर (मुगु), अमृत कार्की (मुगु) र शेरबहादुर बुढा (डोल्पा) चयन भएको कर्णाली प्रदेश समाज दक्षिण कोरियाले जानकारी दिएको छ ।