खुलेको ३ घण्टामै बन्द हुन्छन्, दुर्गमका स्वास्थ्य चौकी


अविरल ढकाल,
वैशाख २५, जुम्ला,
जुम्लाका विकट तथा दुर्गम बस्तीका स्वास्थ्य चौकी १ नबज्दै बन्द हुने गरेको पाइएको छ । कार्यालय खुल्ला भएको ३ घण्टामै बन्द हुन्छ भन्दा अचम्म लाग्न सक्छ तर यथार्थ हो ।

जुम्लाको तिला गाँउपालिका ३ स्थित कुडारी स्वास्थ्य चौकी खुल्ला भएको ३ घण्टा नबित्दै बन्द हुने गरेको छ । स्वास्थ्य चौकीका सवै कर्मचारीहरु कार्यालय सयम मै बन्द गरी घर जाने गरेका छन् ।

स्वास्थ्य चौकीमा विरामी नआउने भन्दै कार्यालय इन्चार्जले दिउँसो १ बजे नै कार्यालय बन्द गरेर घर गएको कुडारी स्वास्थ्य चौकीका कार्यालय सहयोगी कालीबहादुर कठायतले बताए । स्वास्थ्य चौकीका सवै कर्मचारी कार्यालय बन्द गरी घर जाने गरेको भेटिएको छ ।

आज दिउसो १ः३० बजे कुडारी स्वास्थ्य चौकीमा पुग्दा कार्यालय सहयोगी मात्र कार्यालय बन्द भएको स्वास्थ्य चौकीलाई कुरेर बसेका थिए । प्रमुखले नै ताला बन्द गरि चावी नै लिएर गए पछि म कार्यालय सहयोगीको के लाग्यो उनले बताए ।
स्वास्थ्य चौकी १ नबज्दै बन्द भए पछि तिला गाँउपालिकाका स्थानियहरु निजी मेडिकल बाट औषधी किन्न बाध्य भएको स्थानियले बताएका छन् ।