कहालीलाग्दो दरबार हत्याकाण्डको १४ वर्ष पूरा


१९ जेठ । काठमाडौं । राजा वीरेन्द्रको वंश नाश हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १४ वर्ष पूरा भई १५ वर्ष लागेको छ ।

२०५८ जेठ १९ शुक्रबारका दिन तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी राजपरिवारका १० सदस्यको हत्या भएको थियो ।

उक्त हत्या काण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो ।

घटनाम कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर लगायत थुप्रै सुरक्षाकर्मी समेत घाइते भएका थिए ।

हत्याको अझै यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानबिन भएको छैन । दरबार हत्याकाण्ड भएको १५ वर्ष लाग्दासमेत घटना अझै रहस्यको गर्भमै छ ।
कडा सुरक्षा घेराभित्र राजपरिवारको वंशनै नाश हुने गरी भएको उक्त घटनाको स्वतन्त्र रुपमा छानविन हुन सकिरहेको छैन । तत्कालीन अवस्थामा राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानविन समिति बनाएर प्रतिवेदन सार्वजनिक गरिएको भएपनि चौतर्फी आंशका व्यक्त गरिएको थियो ।

तत्कालीन सभामुख तारानाथ रानाभाटले दरबारकौ एउटा राइफल देखाउै प्रतिवेदन सार्वजनिक गर्ने क्रममा भनेका थिए तात्कालनीन युवाराज दीपेन्द्रले यसैले ‘भुटुटुटु’ गोली चलाएका थिए र दरबारमा यति ठूलो घटना भएको थियो ।

उक्त प्रतिवेदनमा दीपेन्द्रले हत्या गरेको देखाइए पनि अ‍े ज्ञानेन्द्र र उनका छोरा पारश शाहको मिलेमतोमा यो घटना पारशले घटाएको भन्ने सर्वसाधारणको आरोप अझै चिरिन सकेको छैन ।

प्रेमिका मानिएकी देवयानी राणासँग पूर्व युवराज दीपेन्द्रलाई घरमा विहे गर्न नदिएको झोंकमा यो घटना दीपेन्द्रले नै घटाएको भनिएपनि अझैसम्म दरबार हत्याकाण्डको रहस्य गुप्त नै रहँदै आएको छ ।

साभारः नेपाली पत्र अनलाइन