वार्ता निष्कर्षविहिन, विद्यार्थीहरुले उपकुलपति र रजिष्ट्रारको पुत्ला जलाए


मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विस्तारित कार्यालय बाहिर प्रा.डा. उपेन्द्र कोइराला, रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल पुत्ला जलाउदै आन्दोलनरत बिधाथीहरु ।

सुर्खेत, २४ आषाढ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय पदाधिकारी र इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुविच शनिवार राती अबेरसम्म भएको वार्ता विना निष्कर्ष टुङ्गीएको छ । शनिबार अबेरसम्म बसेको वार्ता अन्तत विना निष्कर्षविहन भएको थियो ।

विद्यार्थीले उठाएका ७ बुदे माग मध्य ६ बुदामा शुरूमा सहमति भएपनि अन्तिममा पदाधिकारीहरूको हठका कारण वार्ता विना निष्कर्ष सकिएको नेविसंघ इन्जिनियरिंग कमिटि म.प.वि.वि. का सभापति राजन केसीले जानकारी दिए ।

‘शुरूमा इन्जिनियरिङ्ग संकायलार्इ स्वायत्त बनाउन पदाधिकारी सहमत थिए’ केसिलेभने, ‘अरू सवै मागप्रति सहमती भएर गोल्डेन चान्स परीक्षाको विषयमा सहमति खोजिएरहेको बेला पदाधिकरीको हठका कारण वार्ता सफल हुन सकेन ।’

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विस्तारित कार्यालय बाहिर प्रा.डा. उपेन्द्र कोइराला, रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल पुत्ला जलाउदै आन्दोलनरत बिधाथीहरु ।

विश्वविद्यालय प्रा.डा. उपेन्द्र कोइराला, रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल र आन्दोलनरत विद्यार्थीहरु वार्तामा बसेका थिए । सात बुँदे माग राख्दै पाँच दिनदेखि आमरण अनसन बसेका रतनकुमार शर्मा र रोशन बस्नेतलाई अस्पतालको आइसियुमा राखिएको थियो भने आईतबार(आज) बिहान ११ बजे मिलन विसीले पनि आइसियुमा भर्ना गरिएको छ । दुवै पक्षविच सहमति नभएपछि लागि विद्यार्थीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

विद्यार्थीहरुले इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाउनु पर्ने, हाइड्रोपावर इन्जिनियरिङ्गको पुर्ण सेलेबस उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गराउनुपर्ने, सम्पुर्ण प्रयोगात्मक कक्षाहरु पुर्ण रुपमा सञ्चालन गर्नुपर्ने, दश प्रतिशत विद्यार्थीहरुलाई पुर्ण छात्रवृति उपलब्ध गराउनुपर्ने, पुस्तकालयमा प्रयाप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइबेरीको व्यवस्था गराउनुपर्ने र सम्पुर्ण विषयको विषयगत शिक्षकको व्यवस्था गर्न माग राखेका छन् ।

विभिन्न दवावमुलक कार्यक्रम गर्दापनि विश्वविद्यालय पदाधिकारीहरुले सुुनुवाई नगरेपछि असार ५ गतेबाट विद्यार्थीहरुले अनशन थालेका थिए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विस्तारित कार्यालय बाहिर प्रा.डा. उपेन्द्र कोइराला, रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल पुत्ला जलाउदै आन्दोलनरत बिधाथीहरु ।