अविरल ढकाल,
वैशाख २६, जुम्ला,
मुगुमै पहिलो पटक एनआईसी एशिया बैकंले एटिएम सेवा शुरु गरेको छ । बैंकले आफ्नो सेवा शुरु गरेको एक बर्ष नपुग्दै एटिएम सेवा पनी सुचारु गरेको हो ।
एटिएम सेवा शुरु भएलगतै एटिएम वरपर मानिसहरुको भिड लागेको छ । मुगुमा पहिलो पटक एटिएम सेवा सञ्चालन भएको कारण नै कसरी पैसा निस्कन्छ भन्ने हेर्नको लागि नै मानिसहरुको भिड जम्मा भएको हो । अहिलेसम्म जिल्लाबाटै एटिएम सञ्चालन गर्ने उदेश्यले २ सय ५० भन्दा बढि एटिएम कार्ड वितरण भैसकेको शाखा प्रबन्धक सुवास शाहीले जानकारी दिएका छन् ।
बैंकले आफ्नो सेवा गरेपछि अहिलेसम्म २ हजार ७ सय ५० बचतकर्ता बनाएको छ भने ५० भन्दा बढि व्यक्तिहरुलाई कर्जा लगानी समेत गरिसकेको छ । एटिएम सेवा अर्न्तगत एक महिनामा प्रतिव्यक्ति ३ लाखसम्म झिक्न सकिने शाहीले बताए ।
सेवाग्राहीहरुको संख्या बढेको खण्डमा यसलाई बढाउन सकिने समेत उनको भनाई रहेको छ । बैंकले मुगुमा एटिएम सेवा शुरु गरेको बर्ष निःशुल्क रुपमा खाता सञ्चालन र एटिएम कार्ड समेत उपलब्ध गराईसकेको छ भने रारा तालमा पोष्टमेशिन समेत सञ्चालनमा ल्याइसकेको छ ।



Prawash Kumar Shakya । २६ बैशाख २०७५, बुधबार १३:२४ बजे