सुर्खेत, २६ वैशाख । नेपाली कांग्रेस सुर्खेतले सदस्यता विस्तार एवं संगठन सुदृढिकरण अभियानसहित गाउँ गाउँ जाने भएको छ । पार्टी सभापति कमलराज रेग्मीको अध्यक्षतामा आज (बुधबार) बसेको कांग्रेस जिल्ला कार्य समिति बैठकले यस्तो निर्णय गरेको हो ।
आउँदो जेठ मसान्तसम्ममा निर्वाचन क्षेत्र, गाउँ, नगर र वडा समितिसंग समन्वय गरी निःशुल्क सदस्यता वितरण गरिने सभापति रेग्मीले जानकारी दिनुभयो ।
स्थानीय तहदेखि प्रदेश तथा संघीय संसदसम्मका चुनाव सकिएको अवस्थामा पार्टी संगठनलाइ नयाँ उर्जा र कार्यकर्तामा नयाँ उत्साह बढाउने गरी पार्टीको अभियान सञ्चालन हुने उनले बताए ।
पार्टीको केन्द्रीय कार्य समितिबाट हालै मनोनित उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री डा प्रकाशशरण महतलार्इ बधार्इसहित कार्यकाल सफलताको शुभकामना दिने निर्णय पनि जिल्ला कार्य समितिले पारित गरेको सचिव भुपेन्द्र खत्रीले जानकारी दिएका छन् ।
साभारः खबरइरा अनलाइबाट



Milan Shrestha । २६ बैशाख २०७५, बुधबार १६:१४ बजे