उपप्रमुख डंगोलद्वारा जेष्ठ नागरिकलाई सम्मान


२९ भाद्र, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २८ अन्तर्गत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम एक समाराेह बीच आयाेजना गरि सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले देश कै गौरव सर्वाधिक “सतक रक्तदाता एवं रक्तसम्राट” प्रेमसागर कर्माचार्यको आमा सानुमैञा कर्माचार्यलाई सम्मान गर्नपाउँदा खुशीलागेको बताउनुभयो । उहाँले वडामा रहेका १ सय ७५ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

वडा अध्यक्ष भाईराम खड्गीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सचिव माेक्ष दुलाल, जनप्रतिनिधिहरू निना खड्गी,अरूण तण्डुकार, वीरेन्द्र महर्जन र सामुदायिक प्रहरी सेवा केन्द्रका डि.एस.पी. तथा प्रहरी निरिक्षकको  उपस्थिति रहेको थियो ।