तपेन्द्र स्मृति अक्षय कोषद्वारा शैक्षिक सामाग्री वितरण


मौसम कुमार
बैशाख २७, दैलेख । नेपाल मा वि.सं. २०७२ वैशाख १२ मा गएको भुकम्पमा परी पिडित व्यक्तीहरुको उद्दारकालागि जाने क्रममा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका नेपाली सेनाका क्याप्टेन तपेन्द्र रावलको सम्झनामा स्थापना गरिएको तपेन्द्र अक्षय कोष ले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

रावल अध्ययन गरेको विद्यालय बसन्त मा.वि. मा अध्ययन गर्ने छात्रछात्रालाई जनही साढे ३ हजार बरावर को शैक्षिक सामाग्री वितरण गरिएको हो ।

कक्षा १० की छात्रा नम्रता थापा, कक्षा ५ का छात्र सुमन पुत्पराई कक्षा ७ कि निशा रावल लाई छात्रवृत्ति प्रदान गरिएको हो ।

मृतक तपेन्द्र रावलका बुवा बलबहादुर रावलको अध्यक्षतामा सम्पन्न छात्रवृत्ति वितरण कार्यक्रममा दैलेख नारायण न.पा.का प्रमुख रत्न बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।