
२० फागुन, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ७ स्थित कटकुवा स्वास्थ्य चौकीले २ बर्ष सम्मका बालबालिकाहरुलाई पौष्टिक आहारा वितरण गरेको छ ।
चौकीले सुआहार कार्यक्रमको प्राविधिक र ७ नं.वडा कार्यालयको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।वडा कार्यालयद्वारा स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको पौष्टिक आहारा वितरण कार्यक्रमको शुभारम्भ वडा अध्यक्ष ध्रुवकुमार चपाईले गर्नुभएको थियो । उहाँका अनुसार पौष्टिक आहारा अबदेखि प्रत्येक महिनाको २० गते वितरण गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
सुआहारा कार्यक्रम वीरेन्द्रनगर फोकल पर्सन कविता रेग्मीका अनुसार कुपोषण रोग न्यूनिकरण गर्नकालागि विगत ७ बर्षदेखि जिल्लाभर यो कार्यक्रम सञ्चालन भैरहेको र यस नगरपालिकामा यो कार्यक्रम विगत ५ बर्षदेखि सञ्चालित रहेको छ ।



Milan Shrestha । २० फाल्गुन २०७८, शुक्रबार १७:०८ बजे