प्यारिस: ‘इस्लामिक स्टेटको’ चक्कु हमलामा एकको मृत्यु


फ्रान्सका अभियोजनकर्ताहरूले मध्य प्यारिसमा बाटोमा हिँडिरहेका मानिसहरूमाथि एक व्यक्तिले धारिलो हतियारले आक्रमण गरेको घटनाबारे आतंकवादसम्बन्धी अनुसन्धान थालेका छन्।

ती हमलामा एकजना ज्यान गएको थियो भने चारजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

सामाजिक सञ्जाल ट्विटरमा राष्ट्रपति एमानुएल माक्रोँले फ्रान्सले फेरि पनि रगत तिर्नुपरेको भन्दै स्वतन्त्रताका विरोधीहरूसँग ‘एक इञ्चले पनि नझुक्ने’ बताएका छन्। पर्यटकहरूको चहलपहल हुने प्यारिसको ओपेरा जिल्लामा उक्त घटना भएको हो।

जाँच

स्थानीय समय अनुसार राति साढे नौ बजे भएको घटनापछि प्रहरीले घटनास्थलमा घेराबन्दी गरेको छ।

फ्रान्स बन्धक प्रकरण: बन्दुकधारी पनि मारिए

प्यारिस हमलाः सन्दिग्धबारे सुनुवाइ हुँदै

प्रत्यक्षदर्शीले धारिलो हतियारले हमला गर्ने व्यक्तिले ‘अल्लाहु अकबर’ भनेर काराएको र उनलाई नियन्त्रण ‘स्टन गन’ को प्रयोग गरिएपनि त्यसले परिणाम नदिएपछि प्रहरीले गोली हानी मारिदिएको जनाएका छन्। आफ्नो समाचार संस्थामार्फत इस्लामिक स्टेट समूहले हमलाको जिम्मेवारी लिएको छ।

फ्रान्सको प्रतिआतंकवाद हेर्ने निकायले उक्त आक्रमणमाथिको अनुसन्धानको नेतृत्व गरिरहेको छ। बिबिसि नेपालीबाट