
पवन जायसवाल
नेपालगञ्ज (बाँके) । नेपालगञ्मा सातौं मेयर कप राष्ट्रिय साइकिल दौड प्रतियोगिता यही पौष ६ गते शनिवार गरिने भएको तयारी पूरा भएको जानकारी नेपालगन्ज साइक्लिङ्ग क्लबले पौष ३ गते पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका छन् ।
आयोजक संस्था नेपालगञ्ज साइक्लिङ्ग क्लबलले राष्ट्रिय स्तरमा साइकिल दौड प्रतियोगिता आयोजना गरेर वातावरण मैत्री साधन, स्वस्थ जीवन र खेलकूदलाई एकसाथ अगाडी बढाउन विश्वव्यापी सन्देश प्रवाह गर्न खोजेको जनाइएको छ । क्लबका सचिव ईन्द्र कुमार गिरीद्वारा सञ्चालित कार्यक्रममा क्लबका अध्यक्ष प्रदिप सापकोटाको अध्यक्षतामा नेपालगञ्ज उप–महानगरपालिका उप–मेयर कमरुद्दीन राईले नेपालगञ्जको परम्परागत साधनका रूपमा रहेको साइकललाई खेलकूदका रूपमा लिएर नेपालगञ्ज उप– महमनगरले राष्ट्रिय स्तरको साइकल प्रतियोगिताको आयोजना गरेर उत्साह जगाएको बताउनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ बाँकेका नवनिर्वाचित सभापति नबीन गिरीले पत्रकार महासंघले काम गरेर देखाउने समय भएकोले आफूहरु सहकार्य गरी अगाडी बढ्न जान तयार रहेको बताउनु भयो ।
क्लबका अध्यक्ष प्रदिप सापकोटाले मेयर कप साइकिल दौड प्रतियोगिता, वातावरण मैत्री साइकिल प्रयोगको प्राथमिकतालाई अभियानकै रूपमा अगाडी सारिए को जानकारी पत्रकार सम्मेलनमा गराउनुभयो । यस प्रकारको आयोजनाले नेपालगञ्जलाई मात्र चिनाई रहेको छैन, पर्यटकीय गन्तव्यको शहरका रूपमा अगाडी बढाउन पनि सहयोग पु¥याई रहेको उहाँले जनाउँदै टुर डे ठाकुरद्वारा देखि मेयर कप साइकल सम्म आइपुग्दा साइकल इभेन्टलाई स्वस्थ जीवन र खेलकूदसँग जोडेर साइक्लिङ्ग क्लबले अभियानकै रूपमा आफूलाई अगाडी बढाई रहेको बताउनुभयो ।
खेलको उर्वर क्षेत्र विद्यालय रहेकाले बालबालिकालाई साइकिल प्रतिको आकर्षण बढाउन र साइकिल दौडमा खेलाडीका रूपमा तयार गर्न यो प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।
बि.सं.२०७५ सालबाट शुरु भएको सातौं राष्ट्रिय मेयर कप साइकिल दौड प्रतियोगिताको यही पौष ६ गते शनिवार आयोजना हुने सातौं राष्ट्रिय मेयर कप साइकिल दौड प्रतियोगितामा विभिन्न ५वटा विधामा प्रतिस्पर्धा हुनेछ। कार्यक्रम संयोजक कबिराम बुढाथोकीले पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार प्रतियोगितामा सहभागिताका लागि देशका विभिन्न ठाउँबाट ९० जना बढी खेलाडीहरुले सहभागिता जनाउने सुनिश्चित भैसकेको छ ।
प्रतियोगितामा विभिन्न ५ बिधामा आयोजना हुने छ । नेपालगञ्ज उप–महानगरपालिकाको साझेदारीमा आयोजना हुने सातौं मेयर कप प्रतियोगितामा एमटिबी मेल तर्फ ३५ किलोमीटर, एमटीबी मास्टर २५ किलोमीटर, एमटीबी स्कूल लेबल विद्यालय स्तरका खेलाडीका लागि १६ किलोमीटर, साधारण साइकिल पुरुष २२ किलोमीटरको साइकिल दौड प्रतियोगिता रहेको संयोजक बुढाथोकीले जानकारी दिनुभयो ।
यसरी साधारण साइकिल तर्फ २२ किलोमीटर दूरीको पुरुष दौड प्रतियोगिता र १६ किलोमीटर दूरीमा महिलाहरू बीच प्रतिस्पर्धा गरिने कार्यक्रम तय भएको क्लबका सचिव इन्द्र कुमार गिरीले जानकारी गराउदैं पौष ६ गते शनिवार विहान ७ः ३० बजे नेपालगञ्जको विपीचौकबाट शुरु हुनेछ र दौड प्रतियोगिताको रुट धम्बोझी चौक, राँझा, हवल्दारपुर हुँदै कोहलपुरमा पुगेर सोही रुट अनुसार पुनः विपी चौक फर्किने छ ।
३५ किलोमीटर पुरुष दौड साइकिल प्रतियोगितामा प्रथमलाई ५० हजार, द्वितीय हुनेलाई २५ हजार र तृतीय हुनेलाई १५ हजार रुपैयाको पुरस्कार रहेको छ । यसरी ४० वर्ष भन्दा माथिका प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैया रहेको छ । स्कूल लेबलमा १२ वर्ष भन्दा मुनिका प्रतियोगिामा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ७ हजार र तृतीय हुनेलाई ५ हजार रुपैया, आम जन समुदाय नर्मल तर्फ १६ वर्ष प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ७ हजार र तृतीय हुनेलाई ५ हजारको पुुरस्कार रहेको यसमा महिला पुरुषको रहने आयोजकले जनाएको छ ।



Prawash Kumar Shakya । ४ पुष २०८१, बिहीबार २२:३५ बजे