सूचना टाँसेर संसदको बैठक स्थगित (सूचना सहित)


श्रावण १८, काठमाडौँ

प्रतिनिधि सभाको शुक्रबार तोकिएको बैठक सूचना टाँसेर स्थागित गरिएको छ । बैठक अगामी आइतवार ११ बजेका लागि बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक र संसदीय सुनुवाई बिशेष समितिको बैठक जारी रहेकोले संसदको बैठक स्थगित गरिएको बताइएको छ ।
शुक्रबार तोकिएको बैठकको कार्यसूचीमा सार्वजनिक सुरक्षा (तेस्रो संशोधान) बिधेयक, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने रहेको थियो । 
कान्तिपुरबाट