नेवाको स्वागत तथा परिचयात्मक कार्यक्रम


३१ बैशाख, सुर्खेत । नेवा देय् दबु जिल्ला कार्य समिति सुर्खेतले आज एक कार्यक्रमका वीच स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

कर्णाली प्रदेशको दैलेख जिल्लामा हुने राष्ट्रिय बैठकमा सहभागी हुने केन्द्रिय कार्यसमितिका पदाधिकारीहरुलाई स्वागत तथा परिचयात्मक कार्यक्रम गरिएको दबु सुर्खेतका सचिव बालकृष्ण श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा पूर्व मन्त्री एवं नेवा देय् दबुका केन्द्रिय सल्लाकार तिर्थराम डंगोलले नेवारहरुले आफ्नो भाषा संस्कृतिहरुलाई जोगाइ राख्न आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रमका मुख्य अतिथि केन्द्रिय अध्यक्ष नरेश ताम्राकारले कर्णाली प्रदेशमा एकदमै कम रहेको नेवार जातिहरुबाट मुख्य न्यायधिवक्ता चुनिनु गर्वको विषय भएको बताउँदै कर्णाली प्रदेशका मुख्य न्यायधिवक्ता विद्याभूषण मानन्धरलाई कार्यकालको सफलताको शुभकामना दिँदै खादा ओढाएर तथा मायाको चिनो दिएर सम्मान व्यक्त गर्नुभयो ।

नेवा देय् दबु सुर्खेतका अध्यक्ष तिला श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष प्रवाशकुमार शाक्यले स्वागत गर्नुभएको थियो भने सचिव बालकृष्ण श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।