सुर्खेतमा रुडु बुन्चु थापा समाज गठन


१५ बैशाख,सुर्खेत

आज एक समारोहका बिच रुडु बुन्चु थापा समाजको गठन भएको छ ।

कालीकोट जिल्ला साविकको चिलखाया गा बि स वडा न‌ं ६ बसोबास भइ हाल सुर्खेत जिल्लाका बिभिन्न स्थानमा बसोबास गर्ने रुडाल थापाहरुको एक समुह ले एक समारोहको आयोजना गरी  जय बहादुर थाप अध्यक्ष,बिर बहादुर थापा उपाध्यक्ष  , रुपा थापा कोषाध्यक्ष हुनेगरी ११ सदस्यीय  रुडु बुन्चु थापा समाजको गठन गरेको छ ।

एकै ठाउँबाट बसाइ सरी आएपनी आ आफ्नो पेशामा आबद्ध भएका कारण एक जुट हुन नसकि तितर बितर भएका थापाहरुले एकताको सन्देश दिनकालागी यो समाजको गठन भएको नव निर्वाचित अध्यक्ष जय बहादुर थापाले जानकारी दिनुभयो ।

आ आफ्नो पेशा व्यवसायमा रुमल्लीनु परेकाले समाज र आफन्तहरुको कुनै पनि तरिकाबाट भेटघाट हुन नपाइ आपसमा अपरित जस्तै भइ बस्नु परेकाले आउने पिढीहरुले सो समस्या भोगन नपरोस भनी समाजको गठन गरेको र सबै रुडु मुल थलो भइ देशका बिभिन्न स्थानमा बसोबास गर्ने थापाहरुलाइ यसै समाजमा ऐक्यबद्ध गराउने उद्देश्य रहेको थापा समाजका नव निर्वाचीत सचिव  अब्व बहादुर  थापा ( अर्जुन )ले बताउनु भयो ।

समाजको कार्यक्रमले आगामी दिनमा थापा समुदायका कुनैपनी सदस्यहरुलाई कुनै किसिमको अभाव नहोस भन्नकालागी सबै समाजका सदस्यहरुको लगानीमा एक सहकारी स्थापना गर्ने र सोही सहकारीको माध्यामले सदस्यहरुमा पर्ने सबैखालका सम्सयाहरुको हल गर्ने गरी शुरुवाती दिनमा सबैले प्रवेश शुल्क १००० र मासिक शुल्क १०० जम्मा गर्ने निर्णय गरेको र यस्लाइ जति सक्दो छिटो बैधानिक रुपमा दर्ता गर्ने प्रकृया अपनाउने पहिलो बैठकले निर्णय गरेको  छ ।

कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिदै यस समाजमा ऐक्यबद्ध हुन  मुल थलो  रुडु भएका थापाहरुलाइ आग्रह गरीएको र आज देखी आउने दिनहरुमा कसैको विवहा व्रतबन्ध शुभ अशुभ कार्यहरुमा हातेमालो गर्दै जाने कुरा रुडु बुन्चु थापा समाजका अगुवा धिरेन्द्र थापाले बताउनु भयो ।