लाटिकोइलीमा पनि अंग्रेजी माध्यमबाट अध्ययन हुने


१ जेठ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर-९, लाटिकोइलीमा रहेका तीनवटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट अध्ययन शुरुहुने बताइएको छ ।

९ नं. वडामा रहेका शिव माध्यमिक विद्यालय लाटिकोइली, कोपीला माध्यमिक विद्यालय पर्सेनी र नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा १ देखि अंग्रेजी माध्यमबाट यसै शैक्षिक सत्रबाट अध्ययन शुरु गरिन लागेको वडा अध्यक्ष सुरेश मानन्धरले बताउनुभयो ।

कक्षा संचालन गर्न आर्थिक कठिनाई रहेता पनि विभिन्न सरोकारवालहरु सँग समन्वय गरेर यसै शैक्षिक सत्रबाट समयको माग अनुसार अंग्रेजी माध्यमबाट अध्ययन शुरु गरिन लागेको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।