
अनलाइन सम्वाददाता
सुर्खेत, १३ चैत ।
मध्यपश्चिमाञ्चल विकास क्षेत्रका लागि करिव ३ सय ५० जनाका लागि जागिर खुलेको छ । मध्यपश्चिमाञ्ल विकास क्षेत्रका स्वास्थ्य संस्थामा करार नियुक्त गर्न यति धेरैको संख्यामा जागिर खुलेको हो ।
मध्यपश्चिमाञ्ल विकास क्षेत्रीय स्वास्थ्य निर्देशनालयले पदपुर्ति गर्न सार्वजनिक रुपमा सूचना सार्वजनिक गरेको जानकारी दिएको छ ।
अहेवमा १०५ जना, अनमीमा २३७ जना र ल्याव असिस्टेन्टमा ८ जनाको लागि आवेदन माग गरिएको छ ।
गोरखा पत्र दैनिकमा सुचना सार्वजनिक भएको दिनदेखी बैशाख ७ गते सम्म दस्खास्त दिन मिल्ने स्वास्थ्य निर्देशनालयले जानकारी दिइएको छ ।
Milan Shrestha । १४ चैत्र २०७२, आईतवार ०८:०२ बजे