साँसद पार्वती बिशुन्केद्धारा मोटर बाटोको शिलान्यास


दैलेख, मसिंर १८
प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले विकासको मूलधारबाट पछि पारिएको बस्ती, विपन्न र दलित समुदायको जीवन स्तर उठाउन नसके देशको विकास असम्भव हुने बताउनुभएको छ ।
नारायण नगरपालिका वडा नं. ११ बिन्ध्यवासिनीको खातिगाउँ, तल्लोटोल हुँदै तिखार्त जाने मोटरबाटोको आज काँडामा शिलान्यास गर्दै उहाँले विपन्न बस्तीकै जीवनस्तर उठाउन सरकारले सुशी नेपाली समृत नेपालको नारा ल्याएको साँसद बिशुन्केले प्रष्ट्याउनुभयो ।
त्यसबखत साँसद बिशुन्केले अहिले सडकको काम प्रभावकारी गर्न गराउन सबै जुटे खानेपानी, सिचाई, बिद्युतीकरणका अरु योजनाहरु पार्न आफू पहल गर्ने बचनवद्धता जनाउनुभयो ।
कार्यक्रममा सडक डिभिजन कार्यालय सुर्खेतका डिभिजनल इञ्जिनियर गुरुप्रसाद शर्माले सडकका पूर्वाधारले उद्योग, कल कारखाना र विकास अरु सम्भावनाहरु बढाउने भएकोले जनतालाई आधा घण्टाको अन्तरमा सडक पहुँचको सुविधा दिलाउने सरकारले नीति लिए अनुसार यो सडक परेको बताउनुभयो ।
संघीय सरकारको १ करोड लागतमा निर्माण गर्न लागिएको खातिगाउँ, तल्लोटोल हुँदै तिखार्त जाने मोटरबाटो बिन्ध्यवासिनी कन्स्ट्रक्सन प्रालिले टेण्डर पाएर काम थालेको योजना गुणस्तर र प्रभावकारिता बढाउन स्थानीयको सहयोग आवश्यक रहेको ठेकेदार राजन केसीले बताउनुभयो ।
नारायण नगरपालिका वडा नं. ११ का वडाध्यक्ष टंकबहादुर बिष्ट र स्थानीय उपभोक्ताहरुका तर्फबाट दानबहादुर महतारा र पत्रकार अमर सुनारले बिन्ध्यवासिनीको पर्यटन विकासको सम्भावना र विकास साझेदारहरुको सहयोगका विषयमा बोल्नुभएको थियो ।
सडक शिलान्यास कार्यक्रममा स्थानीयहरुले प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्के, सडक डिभिजन कार्यालय सुर्खेतका डिभिजनल इञ्जिनियर गुरुप्रसाद शर्मा, नारायण नगरपालिका वडा नं. ११ का वडाध्यक्ष टंकबहादुर बिष्ट, निर्माण कम्पनीका सञ्चालक राजन केसी लगायतको टोलीलाई फूलमालाले भव्य स्वागत गरेका थिए ।

साभारःअनलाईन कर्णाली ।