कोरोना संक्रमित को संख्या १२१२ जना पुग्यो


१६ जेठ, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) बाट आज १ सय ७० जना संक्रमण भएको छ । यो संगै नेपालमा १२ सय १२ जनामा संक्रमण देखिएको र मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

नियमित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिनुभएको हो । जेठ १० गते नेपाल प्रवेश गर्नुभएका अर्घाखाँचीका एक ३५ बर्षिय पुरुषको मृत्यु भएको र निजको स्वाब परिक्षणमा पोजेटिभ आएपछि मृत्यु हुनेको संख्या ६ पुगेको छ । आज संक्रमित १७० जनामा १६२ जना पुरुष तथा ५ जना महिला रहेको डा देवकोटाले बताउनुभयो ।