जनप्रतिनिधिको १ बर्षे सार्वजनिक सुनुवाइ


४ जेठ रुकुम

चाैरजहारी रुकुम पश्चिम चाैरजहारी नगरपालिकाका जनप्रतिनिधिहरुले सपथ ग्रहण खाएको १ बर्ष पुगेको छ ।

२०७४ बैशाख ३१ गते भएको स्थानीय चुनावमा बिजय भएका उम्मेदवारहरुले सपथ ग्रहण गरेकाे १ बर्ष पुगेकाे अवसरमा चाैरजहारी नगरपालिकाले सार्वजनिक सुनुवाइ गरेको छ । जनप्रतिनिधि भएको १ बर्षमा नगरपालिकाकाे गतिविधि जानकारी गराउने उदेश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हाे ।

अार्थिक बर्षमा २०७४/७५ कुल मा २६ कराेड ५१ लाख ११ हजार दुई सय पैंतीस बजेट बिनियाेजन गरिएकोमा अहिलेसम्म पुजिगत तर्फ ७ कराेड ४ लाख २७ हजार ७ सय ७४ र चालू तर्फ ४१ लाख ६१ हजार पाँच सय बीस बजेट खर्च गरिएको छ भने तत्काल खर्च हुन सक्ने बजेट १३ कराेड रहेको छ ।

नगर प्रमुख बिशाल शर्माले १ बर्षमा भएको प्रगति बिवरण प्रस्तुत गर्दै जनप्रतिनिधि भएदेखि ९५ किलोमिटर सडक निर्माण र प्रत्येक वडा सडक सञ्जालमा जाेडिएकाे बताउनुभयो । उहाँले लिफ्ट सिस्टम , साैर्य प्रणाली लगायतको तरिकाबाट १ घर १ धाराकाे याेजना अगाडि बढेको , कृषि , स्वास्थ्य , सिँचाइ , शिक्षा , बिद्धुत , पर्यटन लगायतका क्षेत्रमा पनि उल्लेखनीय तथा सन्ताेषजनक काम भएको जानकारी दिनुभयो ।

त्यस्तै प्रत्येक वडामा इन्टरनेट र डिजिटल हाजिर जडान , नगरपालिकामा सिसि क्यामरा जडान , नगरपालिकाको डिजिटल प्राेफाइल , भिडियो डकुमेन्ट्री , ३० वटा विधेयक पास गरेको पनि नगर प्रमुख शर्माले जानकारी दिनुभयो । जनप्रतिनिधिको १ बर्षे गतिविधिमा कर्मचारी ब्यवस्थापन , १ देखि ५ कक्षासम्मका बिद्यार्थीलाई ड्रेस बितरण , बृहत कृषि उपज संकलन केन्द्र निर्माण , नगर स्तरिय कक्षा ८ काे परिक्षा साैहार्दपुर्ण तरिकाले सम्पन्न , खाेलागाउमा राष्ट्रिय बाणिज्य बैंकको शाखा स्थापना गर्ने , अापतकालिन काेष , स्थापना , वडा न. २ मा नयाँ सहरि कार्यालय सँग सहकार्य गरि सभाहल , रंगशाला निर्माण , अतिथि अावास गृहकाे प्रयास थालिएको , बाल संरक्षण काेष स्थापना पनि समेटिएको छ ।

नगर प्रमुख शर्माले नगरपालिकामा थालिएको सामुहिक पशुपालन , लिफ्ट सिँचाइ जस्ता काम सह्रानिय भएको बताउनुभयो । उहाँले १ बर्षमा नगर बिकासका नगरभित्रका संघसंस्था , नगरबासि सबैले सहयाेग गरेकाे भन्दै अागामि सहयाेगकाे अपेक्षा गर्नुभएको छ । जिल्ला समन्वय समितिका सभापति राजकुमार शर्माले पानसमा बत्ती बालेर सार्वजनिक सुनुवाइ कार्यक्रमको उद्घाटन गर्नुभएको हाे । उद्घाटन गर्दै सभापति शर्माले भन्नुभयो सार्वजनिक सुनुवाइ याे स्थानिय तहले सुरु गरेकोले अन्य स्थानीय तहले पनि सिक्नुपर्ने बताउनुभयो ।