अविरल ढकाल,
जुम्ला, वैशाख २२,
मुगुम कार्मारोङ्ग गाउँ पालिका वडा न ४ क्रिमी गाउँमा मुगुमा बैशाख २० आगलागी हुँदा १९ घरधुरी जलेर करिब २ करोड को धनमाल सबै जलेर नष्ट भई ११२ परिवार बिचल्ली भएको बस्तिमा महामारी लाग्न सक्ने सम्भावना लाई मध्यनजर गर्दैे रोकथामका लागि राहत स्वरुप हिरिसडेक मुगुले सरसफाइ सामाग्री साबुन ,मन्जन ,ब्रश, टाबेल, प्याड, नङकट पानी पिउन का लागि बाल्टिन,जग १७ परिवार लाई पुग्ने गरि २० थान बाल्तिन २० प्याकेट सरसफाइ सामाग्री जिल्ला प्रशासन कार्यालय मा हस्तान्तरण गरेको छ ।
दैबिक प्रकोप उद्दार समितीले प्रति घर १० हजारका दरले आर्थिक रकम, १० क्वीन्टल खाद्यान्न सहितको टोली सदरमुकाम गमगढी बाट हिडीसकेको र आज शनिबार गृहमन्त्रालय र कर्णाली प्रदेश सरकार प्राप्त राहत सामाग्री पुगाइ सक्ने पनि बताइएको छ ।
मुगु उद्योग बाणिज्य संघले राहात संकलन गरेको ८७ हजार ३ सय ५५ रुपैया नगद, नेपाल रेडक्रस शाखा मुगुको राहत सामाग्री लिएर आर्मीको हेलिकप्टरबा राहत सामाग्री बितरण गर्ने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।



Milan Shrestha । २२ बैशाख २०७५, शनिबार ११:२४ बजे