अचेत भएपछि वरिष्ठ संगीतकार अम्बर गुरुङ अस्पताल भर्ना


downloadकाठमाडौं— वरिष्ठ संगीतिकार अम्बर गुरुङ अहिले अस्पतालमा मृत्युसँग लडिरहेका छन्। नेपालको राष्ट्रिय गानसँगै धेरे गीतमा उनले संगित र स्वर भरेका छन्। खाने नलीमा जोडिएको पाईप फुस्केपछि खराब भएको उनको स्वास्थ्यमा पछिल्लो समय फोक्सोमा निमोनिया भएको छ।

बिहीबार राती अचानक बढेको खोकीसँगै उनको मुटुको धडकन रोकिएपछि उनी अचेत छन्। अहिले टोखा स्थित ग्राण्डी इन्टरनेशनल अस्पतालको आईसियुमा मृत्युसँग लडिरहेका छन्। उनको उपचारमा संलग्न चिकित्सक पंकज जोशीले उनको अवस्था चिन्ताजनक रहेको नागरिकन्युजसँग बताए।

‘मुटुको धडकन रोकियो अनि रगतमा अक्सिजन कम भयो त्यसपछि उहाँ अचेत हुनुहुन्छ’ उनले भने ,’आँखाको पुतली भने बेला बेला चल्ने गरेको छ ।’ फोक्सामो पानी जमेकाले त्यसको असर मुटुमा समेत परेको हो। वरिष्ट चिकित्सक चक्र पाण्डेको निगरानीमा उपचार भैरहेको छ। उनले पनि अवस्था जटिल भएकाले ७२ घण्टापछिमात्र केही भन्न सकिने आफन्तसँग बताएक छन्।

अम्बरका जेठा छोरा किशोर गुरुङका अनुसार बिहीबार दिउँसोसम्म सधुारउन्मुख रहेको स्वास्थ्य राती बिग्रिएको हो। ‘राती सुप अनि पानी खानुभयो,’ उनले भने ,’ल बुबाले खानुभयो भनेर हामी खुशी थियौं तर अचानक खोकी लागेसँगै उहाँ अचेत हुनुभयो।’ त्यसपछि भेन्टिलेटरमा राखिएको माईला छोरा राजु गुरुङले बताए।

भारतको मेदान्त अस्पतालमा खाने नलीको उपचारका लागि दुई महिना बिताएर फर्केका उनी स्वास्थ्यलाभ गरिरहेका थिए। घरमै आराम गरिरहेकै अवस्थामा सोमबार राती अचानक उल्टी गरेपछि अस्पताल भर्ना भएका थिए । उनका सहयोगी रतन चन्दले भने ,’अस्पताल आएपछि थाहा पायौं खाने नलीमा जडान गरिएको पाईप फुस्किएर खाना छरिएछ।’ उनको अवस्था चिन्ताजनक भएपछि उनीनिकट साथी संगातीहरु अस्पतालमा भेट्न आउन थालेका छन्। गायक दिप श्रेष्ठ लगायत बिहानै अस्पताल पुगेका छन्।

सरकारका उपप्रधानमन्त्री भिम रावलले बिहानै आफन्तसँग धैर्य राख्न आग्रह गरेका छन्। उनले सरकारले दिने भनेको राष्ट्र गायक वा राष्ट्रिय संगितकारको सम्मानका लागि शुक्रबार नै मन्त्रीपरिषदको बैठकले केही निर्णय गर्ने पनि जनाउ दिएका छन्।

– See more at: http://www.nagariknews.com/breaking-news/story/75861.html#sthash.Q4YJNc95.dpuf