
२० माघ, सुर्खेत । वीरेन्द्रनगर नगर पालिका ९ नं वडा कार्यालयले आज वडाको घरमपुर, भर्जेनी तथा गुरुङ्ग टोल हुँदै सत्यकाँडा जाने बाटोको करिव १५ सय मिटरको बाटो विस्तार तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
बाटो विस्तार कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले यो बाटो पर्यटकिय गतब्य रहेको नगर सभाले पारित गरेकोले ऐतिहासिक ९ नं वडा मा अझै पर्यटकिय सम्भावनालाई अझै टेवा पुर्याउने बताउनुभयो ।
यो बाटोले यस क्षेत्रका जनता स्वास्थ्य शिक्षा र सुरक्षा जस्ता विषयमा समुन्त तर्फ अगाडी बढ्ने विश्वास लिएको नगरप्रमुख सुवेदीले बताउनुभयो ।
त्यस्तै नगर उपप्रमुख मोहनमाया ढकालले ऐतिहासिक महत्व बोकेको ९ नं वडामा प्रसस्त पर्यटकिय सम्भावना रहेको बताउँदै यस कार्यकमा सबैजनाले हातेमालो गर्दे वडालाई पर्यटकिय वडा बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख बसन्त रजौरेले बाटो बनेपछि सुरक्षा दिन अझै सजिलो भएको बताउँदै अब यस क्षेत्रमा समुदाय प्रहरी कार्यक्रम संचालन गरिने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा ९ नं वडा अध्यक्ष सुरेश मानन्धरले विकास काम तर्फ सत्यकाँडालाई पर्यटकिय स्थल बनाउन तथा वडाका विभिन्न ठाउँ सम्म स्वास्थ्य सेवा एवम् एम्बुलेन्सको पहुँच पुग्ने बताउँदै वडाले लाटीकोइली स्वास्थ्य चौकीबाट दिदै आएको साताको १ दिनको डाक्टरी सुविधालाई दैनिक डाक्टरी सेवा दिन गृहकार्य गरिरहेको बताउनुभयो ।
त्यस्तै ९ नं वडा मा रहेको लाटीकोइली स्वास्थ्य चौकीका प्रमुख धनप्रसाद देवकोटाले ९ नं वडाले स्वास्थ्यको क्षेत्रमा सहयोग गरिरहेको बताउँदै वडाका सबै नागरिकलाई स्वास्थ्य चौकीमा डाक्टरी सेवा लिन आग्रह गर्नुभयो ।
कार्यक्रममा डा. खगेन्द्र गौतमले स्वास्थ्य सेवा विरामीको सेवा गर्ने मौका दिएकाेमा वडा अध्यक्ष मानन्धरलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा करिव २०० जनाको निशुल्क स्वास्थ परिक्षण गरिएको थियो ।
वडा सदस्य पुरनबहादुर शाहीले स्वागत गर्नुभएको कार्यक्रम ९ नं वडा सचिव देवप्रसाद मुललेले सञ्चालन गर्नुभएको थियो ।
Prawash Kumar Shakya । २० माघ २०७५, आईतवार १९:१९ बजे