सुर्खेत महिला जेसीजको भर्चुअल प्रविधीबाट कार्यक्रम सम्पन्न


२४ बैशाख, सुर्खेत । सुर्खेत महिला जेसीजले आज भर्चुअल प्रविधीबाट मोटिभेस्नल कार्यक्रम सम्पन्न गरेको छ ।

जेसीजको एरिया ‘D’ अन्तरगतका ४६ वटा शाखाको सहभागितामा विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई ध्यान राख्दै भर्चुअल प्रविधीबाट “Band vs Brand” विषयमा मोटिभेस्नल प्रशिक्षण कार्यक्रम गरिएको सुर्खेत महिला जेसीज बर्ष २०२० का अध्यक्ष प्रमी शाक्यले बताउनुभयो ।

कार्यक्रममा नेपाल जेसीजका मोटिभेस्ननल प्रशिक्षक राजाबाबु साहले Band Vs Brand का विषयमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिनुभएको अध्यक्ष शाक्यले बताउनुभयो ।

हामीले विषेश गरेर यो लकडाउनको समयमा खाली रहेको समयलाई उपयोगी बनाउनकालागि यो कार्यक्रमको आयोजना गरेको हौं । अध्यक्ष शाक्यले भन्नुभयो ।