
सुर्खेत,१० जेठ ।
उपकार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर–०९, सुर्खेत बिहिबार(आज) एक कार्यक्रम बिच सम्मानित भएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय सुर्खेतको बिहिबार(आज) सम्पन्न अन्तक्रिया कार्यक्रममा सहकारी संस्था सम्मानित भएको हो । बिगत लामो समय देखि राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय संग कारोवार गर्दे आईरहेको उपकार बहुउद्देश्यीय सहकारी संस्थाले यस आर्थिक बर्ष २०७४–२०७४ मा राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय संग राम्रो कारोवार गर्नुका साथै संस्थागत बचत अन्तर्गत नियमीत बचतमा राम्रो कारोवार गरे वापत सहकारी संस्था सम्मानित भएको हो ।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कार्यक्रमको उद्घाटन गर्दे, कर्णालीको समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको साथै यसलाई अझ प्रभावकारी गराउनका लागी सबै सहकारीहरु संग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सम्मानित पश्चात् उपकार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बिष्णु बिक्रम जिसीले, सदस्यहरुबाट वा सदस्यहरुलाई सहकारीको मूल्य–मान्यता र सिद्धान्तको महत्वका बारेमा जानकारी गराउदै सदस्यहरुको हितका लागी बचत संकलन गरी सहि सदुपयोेग गर्दा पुरस्कृत भएकोेमा खुशी व्यक्त गर्दे आगामी दिनहरुका बचत तर्फ मात्र नभई सहकारीका अन्य गतिविधिहरुमा पनि पुुरस्कृत हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।



Milan Shrestha । १० जेष्ठ २०७५, बिहीबार ०४:०२ बजे