२७ चैत, नेपालगन्ज । बाँकेको होलिया, कालाफाँटा, खासकुश्मा शनिबार भएको आगलागीमा परेर ६० घरगोठ जलेर नष्ट भएका छन् । एक बालिका घाइते भएकी छिन् ।
कालाफाँटा-७ बालापुरमा अपरान्ह सवा चार बजेदेखि लागेको आगो नियन्त्रण बाहिर छ । स्थानीयबासी, प्रहरीको सक्रियतामा आगो निभाउने प्रयास जारी रहेको घटनास्थलमा रहेका प्रहरी निरीक्षक किरण पोख्रेलले जानकारी दिए ।
दुर्गम र बाटो अफ्ठयारोको कारण आगो नियन्त्रणमा लिनको लागि दमकल अझै पुग्न सकेको छैन् । अहिलेसम्म त्यहाँ ५० घरगोठ जलेर ध्वस्त भइसकेको घटनास्थलमा रहेका प्रहरी निरीक्षक पोख्रेलले जानकारी दिए ।
स्थानीय अमानत खाँको फुसले छाएको घरबाट सल्किएको आगो बस्तिमा फैलिएको छ । घटनास्थल नेपालगन्जबाट कम्तिमा ४० किलोमिटर पूर्वमा पर्छ ।
यसैगरी दिउँसो होलिया-७ पि्रपहवामा भएको आगलागीमा कम्तिमा १५ वटा घरगोठ जलेर ध्वस्त भएको बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिए । सो घटनामा परेर ३ वषिर्या अक्सरा खान घाइते भएकी छन् । त्यहाँको आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ ।
यस्तै खासकुश्मा ४ जरुवामा शनिबारै भएको आगलागीमा ४ वटा घरगोठ जलेर ध्वस्त भएको छ । भुपेन्द्र बुढाथोकी र बाबुराम कुमालको घरगोठ जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।
साभारः अनलाइन खबर




Milan Shrestha । २७ चैत्र २०७२, शनिबार १५:५२ बजे