
सुर्खेत, ११ जेठ । भेरीगंगा नगरपालिका वडा नं. १३ वडा कार्यालयको आयोजना, सुन्दर नेपाल संस्थाको सहजीकरण संचालित पारस्परिक जवाफदेहिता परियोजनाको सहयोग र रेडियो भेरीको सहकार्यमा आयोजित, सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वडाबासीहरुलाई वडाबाट प्रदान गरिने एवंम् गरिएका विकास आयोजना, सेवा–सुविधा, लगायतका बारेमा वडा कार्यालयबाट जानकारी गराईएको थियो । उपस्थित वडाबासीहरुले वडा कार्यालयमा राखिने नागरिक वडापत्र यसै गरी वडाबाट कार्यलयबाट गर्नु पर्नै सार्वजनिक सुनुवाई, वडाको विकासको अवस्थाहरुका बारेमा जिज्ञासा राखेका थिए ।
एक सय ६० जना सहभागिता रहेको उक्त कार्यक्रममा वडा कार्यालयको तर्फबाट नागरिक वडापत्र जेठभित्र व्यवस्थापन गर्ने, वडाबाट प्रदान गरिने सेवा–सुविधाहरु प्रभावकारी रुपमा प्रदान गर्ने, कार्यालय समयमा कार्यालयमा रहेर सेवा प्रभावकारी बनाउने, खेलकुद विकासका लागि खेल मैदान निर्माण गर्नेलगायतका प्रतिवद्धताहरु जनाईएको थियो । यसै गरी वडा सचिव सन्तोष गौतमले सेवाग्राहीहरुको आवश्यकता बमोजिम आफुहरु सेवा प्रदानमा लागिरहेको र आ.व. २०७४÷०७५ मा गरेका कार्यहरुको जानकारी गराएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष टीकाराम सुवेदीले वडा बासीहरुको कामका लागि आफु तत्पर भई लागिरहेको बताउनुभयो । कार्यक्रममा परियोजनाका संयोजक खिम रेग्मी, अभियान सुपरभाइजर गगन खड्का, रेडियो भेरी एफएमका कार्यक्रम संयोजक दीपा कोइराला लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडाबासीहरुले वडालाई प्रभावकारी बनाउदै नमूना वडाको रुपमा विकास गर्न आग्रह गरेका थिए । सहभागिहरुले वडा कार्यालयलाई सेवा केन्द्रको रुपमा विकास गर्दै अघि गएमा आफुहरुले साथ सहयोग गर्ने प्रतिवद्धता समेत गरेको थिए ।



Milan Shrestha । ११ जेष्ठ २०७५, शुक्रबार ०६:२३ बजे