दुर्घटनामा परी जनप्रतिनिधि र कर्मचारी घाइते (उपचारार्थ फोटो सहित)


जेठ १७, सुर्खेत ।

दाङको अमिलीयामा भएको जीप दुर्घटनामा परी जनप्रतिनिधि र कर्मचारी घाइते भएका छन् ।

मेडेप कालीकोटको भ्रमण टोलीमा रहेका कालीकोट जिल्ला शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौंलागाँई, प्रमुख प्रशासकिय अधिकृत प्रबलजङ्ग शाही, महावै गाउँपालिका अध्यक्ष नन्दवहादुर सिंह, उपाध्यक्ष मनराज शाही र कार्यकारी अधिकृत नन्दप्रसाद देवकोटा, लघु उद्यम विकास सुर्खेतका अधिकृत रबिन्द्र सिंह बात्सब, कृषि प्राबिधिक धर्मराज सिंह र चालक शेरबहादुर बराल दुर्घटना परी घाइते भएका हुन् ।

सडकमा भएको बाख्रा बचाउन खोज्दा क १ ज १३ नम्बरको भाडा जीप र लु १ ख ९८७० नम्बरको धनगढी जाँदै गरेको टक एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेका घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको र उनीहरुको अबस्था सामान्य रहेको टाफिक प्रहरी सहायक निरिक्षक कुम्मराज बिष्टले जानकारी दिनुभएको छ ।