परियोजना अनुगमन तथा समन्वयन समिति गठन


सुर्खेत, १३ जेठ ।
सुन्दर नेपाल संस्थाको आयोजना तथा हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संचालित पशुको मूल्यश्रृखलामा आधारित सानाकिसानहरुको संस्था सवलिकरण परियोजना अन्र्गतको परियोजनालाई दिगो एवंम् प्रभावकारी रुपमा संचालन गर्नका लागि भेरीगंगा नगरपालीका प्रमुख भुपेन्द्रबहादुर चन्दको संयोजकत्वमा २३ सदस्यीय परियोजना अनुगमन तथा समन्वयन समिति गठन आज(आईतबार) भएको छ ।

आज गठन भएको समिती अन्र्गत बिगत लामो समयदेखि हेफर इन्टरनेशनल नेपालको साझेदारीमा गठन गरीएका सफल सामाजिक उद्यमी महिला सहकारी संस्था मैनतडा, त्रिवेणी समाजिक उद्यमी महिला सहकारी संस्था मैनतडा र उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था छिन्चु गरी ३ वटा सहकारीमा आबद्ध करिब २ हजार ५सय परिवार प्रत्यक्ष रुपमा लावान्भित हुने छन् ।

यसै गरी परियोजनासंग आवद्ध सहकारी संस्थाहरुको क्षमता अभिबृद्धि गर्नुका साथै सहकारी मार्फत् सहकारीका शेयर सदस्यहरुको बार्षिक आम्दानी बृद्धि गर्नका साथै उत्पादन बस्तुलाई सहकारी मार्फत् बजारीकरण गर्ने सहयोग पुर्याउने उद्देश्यका साथ परियोजना संचालन भएको हो

सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषालको अध्यक्षतामा सम्पन्न भएका कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सरदकुमार पाख्रोलले परियोजनाको उद्देश्य माथी प्रष्ट पार्दे जानकारी दिनु भएको थियो ।

सहकारी क्षमता अभिबृद्धि सहजकर्ता काशीराम शर्माले सहजीकरण गरेको कार्यक्रमा, कार्यक्रमको समग्र प्रस्तुतिकण कार्यक्रम संयोजक पदमबहादुर दलामीले गर्नु भएको थियो । समिती गठन कार्यक्रममा नगरपालिका प्रमुख, उपप्रमुख, वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, प्रशासकिय अधिकृत तथा बिषयगत कार्यालयका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।