डा.केसीको जीवनरक्षा गर्न चिकित्सक संघको आग्रह


फोटोः सामाजिक सञ्जालबाट

२ असोज, सुर्खेत । चिकित्सा क्षेत्र लगाएत विभिन्न क्षेत्रको माग राखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ ।

डा. केसीको १९औं सत्याग्रहमा अनशन बसेको पाँच दिन भइसक्दा पनि सरकारले कुनै चासो नदिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल चिकित्सक संघले जनाएको छ ।

चिकित्सक संघले एक विज्ञप्ति जारी गर्दै डा. केसीका माग वार्तामार्फत् सम्बोधन गर्न आग्रह गरिएको छ ।, प्रा.डा. केसी जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि १९ औं अनशनमा हुनुहुन्छ । डा. केसीले अनशन कै वेलापनि विरामीहरुको निशुल्क चेकचाँज गर्नुभएको थियो ।