
१४ जेठ, सुर्खेत । राष्ट्रिय राजमार्गले छुन नसकेको कर्णालीमा विकासको पहिलो पूर्वाधार भनेको सडक नै बन्न पुगेको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताउनुभएको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आज मन्त्रालयमा आगामी वर्षको बजेट तर्जुमा लागि गरिएको कार्यक्रममा मुख्यमन्त्री कँडेलले यस्तो बताउनुभएको हो । भौगोलिक रुपमा विकट मानिएको कर्णालीमा कर्णाली र भेरी करिडोरहरु निर्माणाधिन अवस्थामा रहेको भन्दै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश सरकारको मुख्य प्राथमिकता समेत यही रहेको बताउनुभयो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको मताहातमा रहेका सबै जिल्लाका कार्यालय प्रमुख तथा अधिकारीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले होटलबाट योजना वितरण भन्ने समाचार यो पटक सुन्न नपरोस भन्दै सर्चेत गराउनुभयो ।
कर्णालीका जनताले अझै पनि सहज र ढुकसँग यात्रा गर्न नपाएको भन्दै उहाँले अब त्यस्ता खालका समस्यबाट पार लाग्नुपर्ने बताउनुभयो । सडक तथा पुल निर्माणको जिम्मेवारी लिएका सबै निर्माण व्यवसायीको आचरण खराव नभएको बताउदै मुख्यमन्त्रीले सरकारले बजेट निर्माण गर्दा ध्यान नदिएका कारण भारी मात्रामा विकास निर्माणका कामहरु अलपत्र परेको जिकिर गर्नुभयो । अहिले बजेट सुनिश्चित भएका योजनाहरुमा निर्माण व्यवसायी र कार्यालय प्रमुखले भारी सहकार्य गरेर हरेक काममा निकास निकाली जनचाहना अनुसार अगाडी बढन निर्देशन दिनुभयो ।
अधिकार प्राप्त तपाईहरु कर्णाली बनाउका लागि कसरी जिम्मेवारी पुरा गर्ने र जिम्मेवार बन्ने कुरा भनिरहनुपर्ने विषय नभएको तर्क मुख्यमन्त्री कँडेलले बताउनुभयो । जनताले निवेदन बोकेर मन्त्रालयमा धाउने परिस्थितीको अन्त्य गर्न समेत उहाँको निर्देशन रहेको छ । भौतिक पूर्वधार तथा सहरी विकास मन्त्रालयले ठेक्का लगाएको छ ।, पेश्की दिएको छ तर पनि किन प्रगती कम देखिएको छ भन्दै उहाँले प्रश्न गर्नुभयो । बजेट कम खर्च गरी बजेट बचाएर कर्णालीको विकास नहुने भन्दै भौतिक पूर्वधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले अब कार्यालय प्रमुखले जिल्लामा गएर सर्वदलिय सर्वपक्षिय छलफल गरी जनताले बुझने गरी योनजनाका बारे जानकारी गराउनुपर्ने र समयलाइ सहि रुपमा सदुपयोग गरी योजना सम्पन्न गर्न आग्रह गर्नुभयो ।



Prawash Kumar Shakya । १४ जेष्ठ २०८१, सोमबार १६:५० बजे