परियोजना अनुगमन तथा समन्वयन समिति गठन


सुर्खेत, १४ जेठ ।
सुन्दर नेपाल संस्थाको आयोजना तथा हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संचालित पशुको मूल्यश्रृखलामा आधारित सानाकिसानहरुको संस्था सवलिकरण परियोजना अन्तर्गतको परियोजनालाई दिगो एवंम् प्रभावकारी रुपमा संचालन गर्नका लागि बराहताल गाउपालीका अध्यक्ष तेजबहादुर बस्नेतको संयोजकत्वमा १९ सदस्यीय परियोजना अनुगमन तथा समन्वयन समिति गठन आज –सोमबार) गरिएको छ ।

सोमबार गठन भएको समिती अन्तर्गत बिगत लामो समयदेखि हेफर इन्टरनेशनल नेपाल संगको साझेदारीमा गठन गरीएका सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था र भेरी किनारा सामाजिक उद्यमी महिला सहकारी संस्था बराहताल–०५ , गरी २ वटा सहकारीमा आबद्ध करिब ९सय परिवार प्रत्यक्ष रुपमा लावान्भित हुने छन् ।

यसै गरी परियोजनासंग आवद्ध सहकारी संस्थाहरुको क्षमता अभिबृद्धि गर्नुका साथै सहकारी मार्फत् सहकारीका शेयर सदस्यहरुको बार्षिक आम्दानी बृद्धि गर्नुका साथै उत्पादित बस्तुलाई सहकारी मार्फत् बजारीकरण गर्न सहयोग पुर्याउने उद्देश्यका साथ परियोजना संचालन भएको हो ।

सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सरदकुमार पाख्रोलले परियोजनाको उद्देश्य माथी प्रष्ट पार्दे जानकारी दिनु भएको थियो ।

सहकारी क्षमता अभिबृद्धि सहजकर्ता काशीराम शर्माले सहजीकरण गरेको कार्यक्रमा, कार्यक्रम संयोजक पदमबहादुर दलामीले कार्यक्रमको समग्र प्रस्तुतिकण गर्नु भएको थियो । समिती गठन कार्यक्रममा नगरपालिका प्रमुख, उपप्रमुख, वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, प्रशासकिय अधिकृत तथा बिषयगत कार्यालयका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।