
जेठ,१० सुर्खेत । युकेएड÷ब्रेस्डको आर्थिक सहयोग, आइडिइ नेपालको नेतृत्व र सुन्दर नेपाल संस्थाको सहजीकरणमा सञ्चालित अनुकुलन एक्स परियोजनाको जिल्ला स्तरीय परियोजना गोष्ठी सम्पन्न भएको छ ।
सुर्खेत जिल्लाका पञ्चपुरी, बराहताल, वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र सिम्ता गाउपालिकामा विगत सन् २०१५ देखि यो कार्यक्रम लागु भएको थियो ।
जलवायु परिवर्तनको जोखिम र त्यसका प्रभावमा परेको स्थानीय संकटासन्न विशेष गरी महिला तथा बालबालिका र पछाडि पारिएको समुदायको क्षमता बृद्धि गर्दै समानुकुलनतामा विकास गर्दै जिवन स्तरमा सुधार ल्याउने उद्देश्यका साथ यो कार्यक्रम लागू भएको थियो ।
आयआर्जन, खाद्य सुरक्षा, जीविकोपार्जनसंग सम्वन्धित सेवा र सुविधाहरुमा पहुँचको बढाउन, पर्याप्त मात्रामा पानीको पहुँच वृद्धि गर्न ,जलवायु अनुकुलन प्रविधिहरुमा पहुँच बढाउन र स्वास्थ्य र पोषणका क्षेत्रमा कार्यक्रम प्रभावकारी रहेको धारणा सहभागीहरुले राख्नु भएको थियो ।
कार्यक्रमले अनुकुलन र अनुकुलन एक्स परियोजना मार्फत ५२ वटा वहुु उद्देश्यीय पानी प्रणाली आयोजना, ४ वटा सोलार वहुुउद्देश्यीय पानी प्रणाली आयोजना, २ वटा जडिबुटी प्रशोधन केन्द्र, १२ वटा तरकारी संकलन केन्द्र, २ वटा मौसमी केन्द्र, ३ वटा नगरपालिका र २ वटा गाउपालिको स्थानीय अनुकूलन कार्ययोजना तयार गर्न सहजीकरण, स्थानीय तहका लागि विपद् प्रतिकार्यका लागि सामाग्री हस्तान्तरण, कृषक समूह मार्फत जलवायु मैत्री तरकारीखेती प्रवद्र्धन गरी किसानहरुको आय आर्जन सुधार गर्न सफल भएको जानकारी दिईएको छ ।



Milan Shrestha । १० जेष्ठ २०७६, शुक्रबार १८:२३ बजे