कर्णालीमा आज २ सय ८९ जना कोरोना संक्रमण मुक्त


२८ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट आज देशभर ५ हजार २ सय २५ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै देशभर आज ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टी भएको छ भने आज देशभर २ सय २५ जनाले कोरोनाका कारणले ज्यान गुमाएकाछन् ।

त्यस्तै आज कर्णाली प्रदेशमा RT PCR बाट ३ सय ३४ र Rapid Antigen बाट २ सय ३१ जनामा संक्रमण पुष्टी भएको छ भने पछिल्लो चौविस घण्टामा ९ जनाको ज्यान गएको छ । त्यस्तै पछिल्लो चौविस घण्टामा २ सय ८९ जना डिस्चार्ज भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।