४ भाद्र, सुर्खेत । कोरोना भाइरस नाम र यस्को सर्ने कारणले गर्दा मानिस केही सोच्नै नसक्ने अवस्थामा पुगी सकेकाछन् । दिनप्रतिदिन मानिसमा कोरोनाको संक्रमण बढ्दै छ तर पनि आम मानिस अब कोरोनालाई पत्याउन छोडेको आभाष भएको पाइन्छ ।
यसैवीच आज पनि देशभर कोरोनाका ७ सय ७ नयाँ संक्रमित पुष्टी भएको छ । त्यस्तै कोरोनाका कारणाले ज्यान गुमाउनेको संख्या १२७ पुगेको छ । यसरी दिनप्रतिदिन कोरोनाका संक्रमित थपिदैं जाँदा विभिन्न जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिरहेको अवस्था छ ।
यता कर्णालीमा पनि कोरोना समुदायस्तरमा तिब्रगतिमा फैलिरहेको पाइएको छ । आज मात्र कर्णालीमा २२ जना संक्रमित भएको पुष्टी भएको छ जस्मा १५ जना अन्य जिल्लाको ठेगाना भएपनि वीरेन्द्रनगरमा रहेको बताइएको छ ।



Prawash Kumar Shakya । ४ भाद्र २०७७, बिहीबार १७:३५ बजे