मुख्यमन्त्री जीवन बहादुर शाहीद्वारा राष्ट्रिय भूमि आयोगको कार्यालय उद्घाटन (भिडियो सहित)



१४ माघ,सुर्खेत । सुर्खेतमा राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना गरिएको छ। जिल्ला समन्वय समितिको कार्यालयसँगै भूमि आयोग जिल्ला कार्यालयको आज कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही उद्घाटन गर्नु भएको हो।

https://youtu.be/j-dDkm0Y80E

मुख्यमन्त्री शाहीले राजनीति पार्टीको आडमा सुकुम्वासीका नाममा हुकुमवासीले जग्गा प्राप्त गर्ने परिपाटीलाई अन्त्य गरी वास्तविक भूमिहीनलाई जग्गाको लाजपूर्जा दिनुपर्नेमा जोडदिनु भयो।4
कार्यालय स्थापना कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला अध्यक्ष श्रीधर पौडेलले यसअघिको आयोगले गरेका कामको अध्ययन गरेर थप काममा अघि बढ्ने बताउनु भयो।
उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई आवास र खेतीपातीका लागि जग्गा व्यवस्थापन गर्ने बताउनुभयो।

यसअघिको आयोगले सुर्खेतमा ३३ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी परिवारको निवेदन सङ्कलन गरेको थियो।
अधुरो काममा परेका निवेदन नापी कार्यालय र मालपोत कार्यालयमा स्रेस्ता हेर्ने, नक्सा जाँच गर्नेजस्ता अभिलेख हेर्ने कार्यका लागि विचाराधीन अवस्थामा छन।
अहिलेको राष्ट्रिय भूमि आयोगले ‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासको लगत सङ्कलन कार्यविधि अनुसार काम गर्ने बताइएको छ।