
२६ बैशाख, बाजुरा । नेपाली चलचित्रका महानायक राजेश हमालले यूवाहरुले आफ्नो उर्जाशक्ति देशविकासमा लगाउनुपर्ने बताउनुभएको छ ।
बाजुराको ब्रह्मतोलामा केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गर्नुभएको गरिएको बाल स्याहार गृहको उद्घाटन गर्दै महानायक हमालले यस्तो बताउनुभएको हो । हाम्रा धेरै यूवाहरुमा प्रतिभा हुँदाहुँदै पनि अवसर नपाएर यूवाशक्ति खेर गएको उहाँले भन्नुभयो ।
यूवाहरुलाई राज्यले यूवाशक्तिलाई पहिचान गरि समृद्धि तर्फ प्रयोग गर्नुपर्ने बताउँदै उहाँले जीवनमा सबैले आफ्नालागि केही न केही बाचेका हुन्छन् तर अरुकालागि केही गर्न सक्नु नै महानता भएको महानायक हमाले भन्नुभयो ।
कार्यक्रममा स्याहार गृह अभियानका केपी खनालले बाजुराको दुगर्म क्षेत्रमा स्याहार गृह निर्माण गर्न पाउँदा निकै नै खुशी लागेको बताउँदै समाजसेवी लोकबहादुर टण्डन र कलाकार राजेश हमालको साथले गृह बनाउन सजिलो भएको बताउनुभयो ।



Milan Shrestha । २६ बैशाख २०७६, बिहीबार १५:५८ बजे